गत डिसेम्बर २०१९ अर्थात विसं २०७६ पौषबाट उत्तरी राज्य चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना महामारी कोरोना भाईरस (कोभिड-१९) ले गर्दा अहिले विश्व आक्रान्त भैरहेको छ। डब्लूएचओका अनुसार विश्व भरका दुई सय १३ं भन्दा बढी राष्ट्रहरुलाई पूरै आहालबिहल बनाएको छ। तिनै राष्ट्रहरु भित्रकै एक हो नेपाल।
नेपालमा पहिलो संक्रमित भएको चार महिनाभन्दा बढी भैसक्दा देश भर सातै प्रदेशका ४६ वटा जिल्लामा संक्रमित हुनेहरुको संख्या एक हजार नाघेको छ। मृत्यु हुनेहरुको संख्या पनि पाँच पुगिसक्यो। निको घर फर्किनेहरु १८३ जना पुगेका छन्। विश्वका महाशक्तिशाली राष्ट्रहरुको त के लिला बनायो भने हाम्रो जस्तो न्युन आयस्रोत भएको र हरेक बस्तुहरुको परनिर्भरतामा दैनिकी धानिरहेको देशलाई महामरीकै रुप लिने त निश्चित हुने नै भयो। तर सरकार र जनस्तरबाट नै यसको रोकथाम र नियन्त्रण नगरे देश, नागरिकको हालत के होला ?
नेपालका सन्दर्भमा कोभिड १९ का संक्रमितहरु तुलनात्मक हिसाबले दिन प्रतिदिन बढिरहेका छन्। राज्यपक्ष बाट रोकथाम र नियन्त्रणका कार्यहरु जारीछन्। तर, पर्याप्त छैनन्। देशमा बन्दाबन्दी भएको पनि दुई महिना नागिसक्यो, नेपाली जनता जहाँ गएका छन् त्यहीँ थुनिएका छन्। नेपाल सरकारसँग हारगुहार मागिरहेका छन्। तर, सरकार भने बन्दाबन्दीमा परेका जनताहरुको उद्दार गर्न सम्भव नभएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएरै टारिरहेको छ।
खासमा यतिवेला पुरै राज्यसंयन्त्र यसै माहामारीको नियन्त्रण तथा रोकथाममा होमीनु पर्ने हो, त्यो भैरहेको छैन। त्यसको सट्टा कुर्सीमोहमा लिप्त सरकार ‘अट्कोमा पट्को छोप्नु’ भने झैँ गिराउने र सम्हाल्ने जस्तो निच र जिम्मेवारहिन कार्यमा अघि बढिरहेको छ। यही कोरोना महामारी र सरकारको ‘गिराउ(सम्हाल’ प्रवृत्तिको मौका छोपी छिमेकी राष्ट्र मानिने भारतले विस्तारवादी शैलीमा देशका सिमानाहरुको अतिक्रमण रोकेको छैन।
जनताहरु राष्ट्रीय र विश्व व्यापी विश्वका हरेक मुलुकमा रहेका नेपाली नागरिकको बिरोध प्रदर्शन स्तरमै भारतका बिरुद्ध विभिन्न आन्दोलन गरिरहेका छन्। भलै नेपाल सरकारले जुन भारतद्धारा अतिक्रमीत भूभाग दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्शा सार्बजनीक गर्यो र केही हदसम्मन् सकारात्मक कार्य गर्न खोजेको आभाष भयो। तर, यति नक्शामै मात्र सिमित भएर पनि हुदैन, यही बिषय लाई लिएर भारतीय मिडीयाहरुले उदण्ड मच्चाईरहेका छन्। सरकारले अन्तराष्ट्रीय सिमा सम्बन्धि उच्चस्तरीय कुट्नैतिक समाधान चाँडो गर्न जरुरी छ।
नेपाल अहिले दुई वटा भाईरसबाट ग्रसित भएको छ। एउटा विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) र अर्को छिमेकी मानिने विस्तारवादी मुलुक भारत। यी दुवै भाईरसहरुबाट नेपाल र नेपालीले बच्न सडकदेखि सदनसम्म विवेकपुर्ण ढङ्गले लड्नुपर्ने हुन्छ। हरेक संकटको घडीमा नेपाली जनताले धैर्यताका साथ लड्ने अठोट राख्दछन्। यसका उदाहरणहरु त विगतका इतिहासले प्रमाणित गरिसकेका छन्। जबजब देशमा संकट पर्दछ नेपाली जनता एक ढिक्का भएर डट्ने हिम्मत राख्दछन्।
यो माहामारीका बेला केन्द्र, प्रादेशिक र स्थानिय सरकारले एक देशबाट अर्को देश, एक प्रदेशबाट अर्को प्रदेश र एक जिल्लाबाट अर्को जिल्ला आवागमन र बैरगमन हुने सिमानाकाहरु पुर्णरुपमा सिल गर्नुपर्ने हो। तर, यो वारपार गर्ने क्रम रोकीएको छैन। नेपालमा पछिल्लो चरणमा संक्रमण हुने मध्य लगभग ९० प्रतिशत संक्रमितहरु भारतबाट आएका र सो सम्बन्धित नागरिकहरु छन्, यसको मुख्य कारण हो खुल्ला सिमाना र लापर्बाही।
जनस्तरदेखी सरकारी तवरसम्म सजगता र सचेतना जगाएन, अपनाईएन भने नेपाल जस्तो कुनै पुर्वाधारहरुको पुर्व तयारी र पुर्ण उपलब्धता नभएको देशमा भयावह फैलिने र आमनागरिकको जनजिवन तहसनहस हुने निश्चित छ। स्थानीय निकायहरुको वेवास्था र लापर्बाही हेर्ने हो भने त अझ झन निकृष्ट छ। निन्दनीय छ।
आर्थिक वर्ष सकिनै लाग्दा स्थानिय निकायको विकाशका लागी विनियोजीत वजेट सम्बन्धित विकासमा लागी प्रयोग नभैकनै फ्रिज हुने अवस्था आईसक्यो, केन्द्र सरकारले निर्देशन पनि दिईसक्यो भन्ने छ की सो रकम कोरोना राहतका लागि प्रयोग गरियोस् भनेर तर स्थानिय निकायका जनप्रतिनिधीहरु दिनै पिच्छे बैठक गर्छन्, भत्ता पचाउछन्, जनतालाई राहतका नाममा देखावटी काम गर्छन्, वास्तविक पिडीत जनताका पिडा र राहत पाउने आशा जिउँकातिउँ छन्। अहिले सबभन्दा बढि पिडीत देशभित्रै भए पनि स्थाई बसोबास भन्दा बाहीर भएकाहरु र रोजगारका शिलशीलामा विदेशिएका नागरिकहरु छन्, तिनिहरुको व्यवस्थापनका लागि केन्द्र, प्रादेशिक र स्थानीय निकायको कुनै ध्यान गएको देखिदैन।
कुनै कुनै स्थानीय जनप्रतिनिधिहरुले त यातायातका साधनहरुको व्यवास्थ गरेर देश भित्रै तर अस्थाईरुपमा विभिन्न ठाउँमा रहेका आफ्ना नागरिकको उद्दार गरे जतिवेला बन्दबन्दी भएको केही समयभित्रै तर, प्रायः सबैजसो स्थानीय निकायहरुले व्यवास्था गरेको पाईएको छ। अहिले त बन्दबन्दी पनि कडिकडाउ गरिरहेको छ, सर्वसाधारणहरुका लागि मात्र। अब यस्तो विषम परिस्थितिमा नेपाली नागरिकहरु बडो संकटमा छन्, नेपाल सरकारले पनि कर्तव्यनिष्ठ र जिम्मेवारीपुर्वक ढंगले हरेक नागरीकको उत्तिकै चिन्ता गरोस्, जति आफ्नै परिवारको बारे चिन्ता छ।
म नेपाल सरकारलाई आग्रह र अनुरोध गर्दछु, यतिवेला समग्र नेपाली जनता माहामारीको महासंकटमा छन्, पिडामा छन्। पुरै राज्यसंयन्त्र यसको नियन्त्रण, रोकथाम एवम् नागरीकहरुका समस्या सामधान गर्ने तिर लागोस्, कुनै निजी तथा राजनैतिक स्वार्थ तिर नअल्मलीयोस्।