काठमाडौँ। गीतकार रत्नशमशेर थापाको निधन भएको छ। बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिए।
बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो। उनको ८३ वर्षको उमेरमा निधन भएको हो।उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ। थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन्।