काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। बुधबार ललितपुरमा १ जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो। मृतकको बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको थियो।
डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो। तर, आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो।
अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो। उनको रिपोर्ट पोजेटिभ आएको छ। यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न भने बाँकी छ।