काठमाडौँ। कर्णाली प्रदेश सरकारले रोकोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न संघीय सरकारसँग स्वीकृति मागेको छ।
प्रदेश सरकारकी प्रवक्ता विमला केसीका अनुसार बुधबार बसेको प्रदेश स्तरिय मन्त्रिपरिषद बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको छ।
ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न अनुमति मागेको हो।कोरोनाका कारण रोजगारी गुमेपछि औसतमा दैनिक ४ हजार कर्णालीवासी भारतबाट फर्किरहेका छन्।
हाल कर्णालीका ८० हजार नागरिक भारतमा रहेको र ३० हजार फर्किने प्रदेश सरकारको अनुमान छ। ठूलो सङ्ख्यामा नागरिक भित्रिएकोले महामारी फैलिने त्रास बढेको छ। हालसम्म कर्णालीमा भारतबाट आएका २३ जनामा कोरोना पुष्टि भइसकेको छ।