भारतबाट आएकाको सेती अस्पताल आइसोलेसनमा मृत्यु


कैलाली। जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको हो।

मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। ‘भारतबाट आएको, त्यसैमाथि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने, ‘उहाँलाई हिँजो साँझ भर्ना गरियो, आज बिहानै निधन भयो।’

श्रेष्ठका अनुसार मृतकको ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ। उनमा कोरोना थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलनसमेत गरिएको उनले जानकारी दिए।