काठमाडौँ। सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २३ पुगेको छ।
मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको छ।
वीरेन्द्ररनगर नगरपालिका १ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ।
यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका ८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका ४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ।