‘कोरोना महामारीका बेलामा पनि साशकहरुको नियत ठिक देखिएन’



कोरोना भाईरस जस्तो माहामारिमा विश्व मानव समुदाय तड्पी रहेका बेलासमेत यो देशका साशक प्रसाशकहरुको नियत सफा देखिएन। बाहिर देशबाट आउने नेपालिका लागि क्वारेन्टाइनको राम्रो ब्यवस्थापन गरिएको छैन।

बाहिर जिल्लामा आवश्यक औषधि प्रयाप्त मात्रामा अझै पुगाउने काम गरिएको छैन। देशका आम धनी हुन् यात गरिव उनीहरुको खानपान र स्वास्थका बारेमा राज्यले कुनै महत्वपूर्ण जिम्मेवारी लिएका छौं भन्नसम्म सकेन र त्यो प्रकारको ब्यवस्थापन गर्न सकेन। राज्य स्वयम् दिन प्रतिदिन कोरोना संक्रमित नेपालीको संख्या वृद्धि भैरहेको संत्राश फैलाई रहेकोछ। रोगथामका लागि नगरी नहुने बन्दोबस्तिका हिसावले राज्यका सबै काम कर्तब्य निकै कमजोर र आलोचना गर्न लायक छन्।

अहिलेसम्म पनि त्यो स्वास्था सामग्री ल्याउने वा त्यो नल्याउने भन्नेमै साशकहरुका अंग प्रत्यङ्गबीच बिवाद भैरहेका समाचार सुन्नमा आएकै छन्। यातायातले सुगम देखिएका शहरमासमेत कोरोना संक्रमितका लागि सुरक्षित पुर्वक राखेर उपचार गर्नका लागि अस्पतालको अभाव भएका खबर समेत आई रहेका छन्। भौगोलिक हिसावले बिकराल र विकट गाउँ बस्तिमा कोरोना संक्रमितहरु बढ्न थाले भने देशको अवस्था कस्तो होला । नेपाली जनतालाई कसरी बचाउने होला ? यस विषयमा राज्य अझै जिम्मेवार बन्न सकेको देखिएको छैन।

सत्ता र शासन ब्यवस्थाका नजिक हुनेहरु र राज्यका बिभिन्न निकायका ठूलाहरुले यो राज्यभित्र यस्तो भ्रमलुट मचाएका छन्। कि त्यसको कसैले हिसाब गरेर सक्ने अबस्था छैन। राज्यको महत्वपूर्ण निकायमा बसेकाले सबैले भन्न सकिँदैन। तर, अधिकांशले यो देशलाई लुटेका छन्। दशौ बिशौ वर्षदेखि उध्योग चलाई रहेका उध्योगिले यस्तो संकटका समयमा आफ्ना कामदार मजदुरलाई दुई महुनाको तलब मजदुरलाई दिने हैसियत छैन भनी रहेका छन्। तिनीहरुले कमाएको सम्पती स्वयम् ति मालिकका लागि बाहेक पसिना बगाउने मजदुरका लागि काम लागेन।

आफुलाई खुबै ईमान्दार हौं भनेहरुका अशली अनुहार कोरोना भाईरसका कारण जनताका बीचमा उदाँगै भएको देखियो। जो भ्रष्टचारी छन् जो तस्कर र माफिया छन्। जो जसले धनी बन्नका लागि राज्यलाई घात गरे नेपाली जनतालाई गद्धारी गरे आफ्नै दाजुभाई दिदिबहिनिहरुलाई समेत लुटे त्यस्ताले नेपाली जनतालाई बचाउने उदेश्य बनाउलान ठान्नु जस्तो मुर्खता अरु के होला।

यो राज्यले सम्पुर्ण रूपमा केही गरेको छैन भन्न त सकिँदैन। तर, जति गर्नैपर्ने थियो र नगरी नहुने थियो। त्यो काम गर्नका लागि यो राज्यले के कारण कन्चुसाई गर्‍यो ? के कारण सकेन यस बिषयमा उपयुक्त समयमा छानविन हुनेछ।

तराईका जिल्लाहरुमा यातायातको सुबिधाछ( राज्यले चाहेको समयमा त्यहा आफ्नो उपस्थिती देखाउन सक्छ त्यस्तो ठाउमा समेत कोरोना भाईरस चेकअप गर्नका लागि आबश्यक स्वास्थ सामग्री अहिले सम्म पुगाउने काम गरिएको छैन। यो भन्दा दुख लाग्दो कुरा अरु के हुन सक्छ। साशक यति सम्म पापिष्ट हुँदा रहेछन् भन्ने कुरा राम्रो संग बुझियो।