विश्वभर फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि हेरेक क्षेत्रमा प्रत्यक्ष रूपमा असर पारिरहेको छ। नेपालको राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा ठूलो असर परिरहेको छ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरबाट सुरु भएको महामारी हाल आएर विश्वभरि नै व्यापक असर पारिरहेको छ। ३ लाखभन्दा बढिको ज्यान लिइसकेको छ। नेपालमा पनि सम्पुर्ण क्षेत्रमा यसले प्रत्यक्ष असर पारेको छ।
गत चैत्र ६ गते बाट सुरु हुने भनिएको एसइइ र कक्षा १२ का परिक्षाहरु अनिश्चितका लागि स्थगन गरिएका छन्। अन्य कक्षाहरुका परिक्षा तथा नतिजा प्रकाशनहरु यथास्थितिमै रहेका छन्। सरकारले यसकाबारेमा अहिलेसम्म कुनै टुङ्गो लगाएको देखिदैन। देश लकडाउनमा छ। सम्पूर्ण गतिविधिहरु अस्तब्यस्त अवस्थामा छन्। दैनिक रूपमा कोरोना भाइरसको संक्रमण तीव्र गतिले अगाडि बढीरहेको छ। यो महाबिपत्ति र संकटको अवस्थामा सबैले आआफ्नो तरिकाले सुचित भइ देशलाई सक्ने सहयोग गर्नु नागरिकको कर्तव्य र आजको आवश्यक्ता हो।
सबैभन्दा धेरै असर विद्यार्थीहरुमा परेको देखिन्छ। यसमा सरकार पनि मौन अवस्थामा छ। विद्यालयहरु बन्द भएको करिब ३ महिना बितिसकेको छ। झन एसइइ र कक्षा १२ को परिक्षा दिने भाइबहिनीहरुलार्इ सन्त्रास उत्पन्न गराएको छ। उनीहरुको कलिलो मनस्पटलमा भय र त्रासको स्थिति सिर्जना गराएको छ। परिक्षा कहिले हुने अथवा नहुने भन्ने सरकारले पनि टुंगो लगाइसकेको छैन। पढौं भने परिक्षा हुन्न कि भन्ने शंका हुन्छ नपढौं भने परिक्षा भय के गर्ने ? यस्तो अन्योलताको विषय सिर्जना गर्ने नेपाल सरकार हो।
एकातिर कोरोनाको डर अर्को तिर पढाइको चिन्ता। हप्ता १० को लागि हो भने ठिकै हो। तर, अनिश्चित रूपमा यसरी विद्यार्थीहरुलाइ घर न घाटको स्थितिमा पुर्याउनु सरकारको चरम लापरबाही हो। उनीहरुको अधिकारमाथी हनन गर्नुहो। बालबालिका सम्बन्धि हरेक ऐन, नियमावली तथा दफाहरुको उलंघन गर्नु हो। खै त सूचना पाउने हक र अधिकारको कार्यान्वयन सरकार? समय नमिलेको हो भने हरेक दिन मन्त्री परिषदको बैठक बसिरहेको हुन्छ।
कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गर्न सक्ने मेरो सरकारले किन एसइइ र कक्षा १२ का विद्यार्थी भाइबहिनीहरुको परिक्षाका बारेमा निर्णय सार्वजनिक गर्न सकेन? सम्पुर्ण विद्यँलयहरु क्वारेन्टाइनमा प्रयोग भैरहेका छन्। विद्यालय कहिले खुल्ने ? अत्तोपत्तो छैन। साना बालबालिकाहरुले अक्षर चिन्न बिर्सिसके। अब उनीहरुले विद्यालय नै बिर्सिसके भने आधारभूत तथा माध्यमिक स्तरका विद्यार्थीहरु साथीभाइसङ खेल्ने नेट ईन्टरनेट चलाउने, चलचित्रहरु हेर्ने तथा पढाईभन्दा सडाइ तिर बढी आकर्षण भैसकेका छन्। गाउँघर तिरका विद्यार्थीहरु त खेतीपातीदेखि बिहावारिको अवस्थामा पुगिसकेका छन्।
बालबालिकाहरु यसै त भावनात्मक तथा जिज्ञासु स्वभावका हुन्छन्। अब के होला ? कस्तो होला ? हामी पढ्न पाउछौं कि पाउन्नौ ? आदि इत्यादी। नेपाल सरकारसङ म यो आग्रह गर्न चाहान्छु कि विद्यार्थी भाइबहिनीहरुका जिज्ञासा तथा कौतुहल्ताहरु मेटाउन तथा उनीहरुलाई हौसला र प्रेरणा प्रदानको लागि एउटा विषेशनीति अबलम्बन गरियोस्। नत्र लाखौं विद्यार्थीहरु कक्षा छाड्ने र विद्यालयभन्दा बाहिर रहने निश्चित छ।
घर बालबालिका को पहिलो पाठशाला हो। अभिभावक ज्युहरुले पनि आफ्ना छोराछोरीलाई पढाइ तिर आकर्षण गर्ने विभिन्न तरिकाहरु अपनाउने , उनीहरुलाइ विभिन्न संस्कार सिकाउने तथा पढाईप्रति ध्यानाकर्षण गराउदै गर्नाले पनि विद्यार्थीको मन डाइभट हुनबाट जोगिन्छ। सधै साना बालबालिकाहरुलाई दैनिक २ घण्टा आफूसंगै सिकाउने उनीहरुको मनोवैज्ञानिक भाव बुजेर सोहीअनुरुप गर्ने र ठूला छोराछोरीलाई पढाईको अर्थ तथा महत्त्व बुझाएर पढाईप्रति अभिप्रेरित गर्नाले पनि उनीहरुलाई ठूलो राहत पुग्नेछ।
‘लेखक हिमाली ५ रुगिन बाजुरा स्थित बागेश्वरी माद्यामिक विद्याललय शिक्षक हुन्।’