काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई जनताको सेवा गर्न भन्दै फिर्ता पठाएका छन्।
मुख्यमन्त्री शाहीले आफ्नो स्कटिङमा प्रयोग हुने गाडीसहित ८ जना प्रहरी फिर्ता पठाएका हुन्। कोरोना भाइरसको महामारी रोकथामका लागि सुरक्षाकर्मीको अभाव भएकाले आफूले सुरक्षाकर्मी फिर्ता पठाएको मुख्यमन्त्री शाहीले बताएका छन्।
मुख्यमन्त्रीको सुरक्षामा दुई जना सई, एक जना असई, एक जना हवल्दार र चारजना सिपाही र एकजना ड्राइभर खटिएका थिए। मुख्यमन्त्री शाहीको उक्त कदमलाई लिएर सामाजिक सञ्जालमा प्रसंशा भइरहेको छ।