कलाकारहरुले भने, ‘देशको लागि शहिद बन्न तयार छौं’



काठमाडौँ। जब देशको सीमाना मिचिन्छ, कोही कसैले देशको सार्वभौमसत्तामाथि धावा बोल्छ।

त्यतिबेला नेपाली कलाकाहरु संगीत मार्फत झङ्कारित हुन्छन्। देशको लागि बलिदान हुन तयार रहेको बताउछन्। मानसपटलाई तंरगित बनाएर आम जनतालाई राष्ट्रका पक्षमा उभ्याउने कोसिस गर्छन्।

सुतेका नागरिकलाई ब्युउझाउछन्। उठेकालाई हिडाउछन्। हिडेकालाई दौडिन हौसला भर्नेकाम गर्छन्। पछिल्लो समय भारतले नेपालको कालिपानीमा सडक बनाएपछि कलाकारहरुले विद्रोही गीतका भाका मार्फत बिरोध जनाई रहेका छन्।

कलाकारहरुले विस्तारवादी भारतलाई नेपालमाथीको दादागिरी बन्द गर्न गीत मार्फत चेतवानी दिएका छन्।

कालिपानिमा रहेका भारतीय सेनालाई तत्काल फिर्ता जान चेतवनी दिएका छन्। सीमाना मिच्ने काम बन्द नगरे प्रतिवादमा उत्रिने संखघोष गरिरहेका छन्।

यसै क्रममा गायक नेत्र भण्डारीलगायतका कलाकारहरुले ‘हाम्रो भुमि फिर्ता गर’ बोलको गीत सार्वजनिक गरेका छन्।

गीतमा भारतले मिचेका सबै सिमा फिर्ता गर, तेरा सेना फिर्ता गरय, परे हाम्रो ज्यान बलि दिन्छौं हटेर लडने हैन, डटेर लड्छौ, खुकुरिको भरमा, न सोच ख्याल जस्ता शब्दहरु समाबेश छन्।

उक्त गीतमा गायक भण्डारी, कृष्ण केसी, मिना लामा, सिता केसीको स्वरमा सजिएको गीतको निकै उत्कृष्ट शब्द सिर्जना प्रेम कटुवाको रहेको छ।

गीतमा कृष्ण केसीले लय भरेका छन्। गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरूको अभिनय रहेको छ।

भिडियो हेर्नुहोस्