धनुषमा एक जना कोरोना संक्रमित फरार



जनकपुर। प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन्। आइतबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए।

प्रहरीका अनुसार सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको र पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए। उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। उनको हाल खोजी भइरहेको छ।

अहिले विशेष कोभिड अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी उपचाररत छन्।