शनिबारमात्रै ७५ जना कोरोना संक्रमित भेटिए


काठमाडौँ। नेपालमा शनिबार मात्रै ७५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। योसँगै नेपाल कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ।

शनिबार मध्याह्न ३२ जना, दिउँसो ३६ र राति ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ। शनिबार सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकामा ३, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा गरी ११ जना, बैतडीमा चार जना, सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बर्दियामा, झापा, गुल्मी, बारा, चितवन र काठमाडौंमा पनि एकरएक जना संक्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा हालसम्म ३ कोरोनाबाट जनाको मृत्यु भइसकेको छ भने ७० जना संक्रमित निको भएका छन्। देशभर ४५ हजार ९५९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।