काठमाडौँ।न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई प्रेस ज्याकेट हस्तान्तरण गरेकमा छन्।
शनिबार सञ्चालक हुसेनले एक सय थान प्रेस ज्याकेट (एनएफपिजे) का अध्यक्ष राजेन्द्र चित्रकारलाई हस्तान्तरण गरेका हुन्। कोरोना भईरस (कोभिड १९) बाट मुलुक लकडाउनमा परेको बेला अग्रपङ्क्तिमा रहेर समाचार तथा तस्विर खिचेर जनतामा सूचना संप्रेसणमा अग्रणी भूमिका निर्वाह गर्ने फोटो पत्रकारहरुलाई आज भृकुटीमण्डपमा ज्याकेट वितरण गरिएको हो।
ज्याकेट वितरण कार्यक्रममा सहयोगी मनका धनी हुसेनले कोरोना कहरको फोटो खिची आमनागरिकलाई सूचना प्रवाहमा खटिने पत्रकारलाई सहज रूपमा काम गर्ने वातावरण बनोस् भन्ने लक्ष्यका साथ प्रेस ज्याकेट उपलब्ध गराएको बताए।
व्यवसायी हुसेनले अग्रपङ्क्तिमा खटिरहेका फोटो पत्रकारको एकरूपताका लागि आफ्नै गार्मेन्टमा सिलाएर प्रेस ज्याकेट उपलब्ध गराएको जानकारी दिए । उनी भन्छन्– सङ्कटमा आफूलाई समेत जोखिममा राखेर फोटो खिचेको मैले नजिकबाट देखेकाले पत्रकारलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताए।
विगत २५ वर्षदेखि काठमाडौंमा रहेर सर्टिङ सुटिङको व्यवसाय गर्दै आएका हुसेनले उपलब्ध गराएको ज्याकेट एनएफपिजेका अध्यक्ष राजेन्द्र चित्रकारले ग्रहण गरेका थिए। ज्याकेट लिँदै अध्यक्ष चित्रकारले काठमाडौं उपत्यकामा नियमित समाचार सङ्कलन एवं फोटो पत्रकारिता गर्ने पत्रकारलाई वितरण गरिने बताए। अध्यक्ष चित्रकारले ज्याकेट ग्रहण गर्दै फोटोपत्रकारलाई सम्झेर सहयोग गरेकामा व्यवसायी हुसेनको प्रशंसाका साथ धन्यवाद पनि दिए।
तस्बिर: मुकुन्द कालिकोटे