कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो



काठमाडौँ। कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या विस्तारै बढ्दो क्रममा छ। गत सोमबार दैलेखका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस यता बिहीबार भारतबाट आएमा १५ जना नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काका अनुसार पीसीआरमा पोजिटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा ७ सय ४० जनाको आरडीटी गरिएको थियो। संक्रमितहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक खड्काले कर्णाली सन्देलाई जानकारी दिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८४ पुगेको छ।