भारतमा एक लाख २५ हजार कोरोना संक्रमित



 

काठमाडौँ। भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख २५ हजार नाघेको छ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ६५४ नयाँ संक्रमित फेला परेका हुन्।

त्यस्तै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार ७२० पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १३७ जनाको मृत्यु भएको हो।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ हजार ५८२ पुगेको छ। महाराष्ट्रमा अहिलेसम्म एक हजार ५१७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ।

तमिलनाडुमा अहिलेसम्म १४ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ९८ जनाको मृत्यु भएको छ। गुजरातमा अहिलेसम्म १३ हजार २६८ संक्रमित पुगेका छन्। यो राज्यमा मृत्यु हुनेको संख्या पनि ८०२ पुगेको छ। मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार १७० संक्रमित फेला परेका छन् । यो राज्यमा २७२ जनाको मृत्यु भइसकेको छ।

भारतको पश्चिम बंगालमा तीन हजार ३३२ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २६५ पुगेको छ। उत्तर प्रदेशमा पनि संक्रमित संख्या पाँच हजार ७३५ पुगेको छ। उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १५२ जनाको मृत्यु भएको छ। बिहारमा एक हजार ९८२ संक्रमित पुग्दा ११ जनाको मृत्यु भइसकेको छ। भारतमा अहिलेसम्म ५१ हजार ७८४ संक्रमित निको भएर घर फर्किएका छन्।