क्वारेन्टाइन कि मृत्यु घर ?



विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नेपालमा पनि व्यापक रुप लिँदैछ। नेपालमा कोरोना फैलिनुको मुख्य कारण भारतसँग खुल्ला सीमाना हुनु, सरकारको पर्याप्त तयार नहुनु, जनता सूचित नहुनु नै हुन्।

नेपाल सरकारले कोरोना भाइरसको रोगथामको लागि लकडाउन घोषणा गरेको करिब २ महिना बितिसकेको छ। भारतबाट आएका नागरिकको लागि क्वारेन्टाइन तथा आइसोलेसनको ब्यवस्थापन पनि गरेको छ। यसको मुख्य कारण संक्रमीत व्यक्तिबाट अर्कोलाई नसरोस् तथा भयावहको स्थिति सिर्जना नहोस् भन्ने हो। तर, क्वारेन्टाइन सुरक्षित र स्वास्थ्यकर छन् कि छैनन्? यो महत्वपूर्ण प्रश्न हो।

नेपाल सरकारले कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइनको व्यवस्थापन तथा सन्चालन सम्बन्धी मापदण्ड तयार पारेको छ। कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिक सुरक्षित राख्न सन्कास्पद व्यक्तिलाई कम्तिमा १४÷१७ दिनसम्म सुरक्षित तथा व्यवस्थित राख्न मापदण्ड तयारी गरिएको हो। मापदण्डमा संघ, प्रदेश र स्थानीय तहमा निर्माण हुने क्वारेन्टाइन सम्भव भएसम्म घना बस्तिबाट टाढा हुनु पर्नेछ।

स्वास्थ, सञ्चार, विद्युत, सडक तथा खानेपानीको पूर्ण मात्रामा व्यवस्था हुनु पर्नेछ। क्वारेन्टाइनमा सय जनासम्म व्यक्ति अट्ने क्षमता हुनु पर्नेछ। उक्त क्वारेन्टाइनमा सुत्केरी, वृद्ध तथा बालबालिकाको लागि बिषेश व्यवस्था हुने र एक विशेषज्ञ एमडि डाक्टरसँगै ८ जना स्वास्थ कर्मीको टिम परिचालन गर्नु पर्नेछ। र पोषण युक्त खाने कुराको व्यवस्था गर्नुपर्ने कुरा क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७६ मा उल्लेख छ।

तर, बिडम्बना करिब ९० प्रतिशत क्वारेन्टाइनहरुको अवस्था नाजुक र दयनीय छ। त्यहाँ न राम्रो खानाको व्यवस्था छ, न त बस्ने नै। स्वास्थ्य कर्मीको त कुरै छाडौँ। क्वारेन्टाइनमा बसेका व्यक्तिले पानीसम्म खान पाएका छैनन्। हात धुने साबुन र स्यानिटाइजरको त्यहाँ मथलव नै छैन। यौटै कोठामै भेडा बाख्रा हुले झैँ मान्छेलाई कोचा कोच गरि हुलिएको अवस्थाछ। कतिपयलाई पालको साहारामा खुल्ला आकाशमा रखिएको छ। उनीहरु मध्य आजसम्म करिब ९० प्रतिशातको पनि कोरोना परिक्षण भयको छैन।

यदि त्यति मध्य कसैलाई कोरोना पोजेटिब रैछ भने के हल भएको होला। खै त नेपाल सरकारले यता पट्टि ध्यानाकर्षण गरेको? जेठ असारको गर्मी र मच्छ्डको बिगबिगि तराई तथा पहाडी क्षेत्रका क्वारेन्टाइनमा रहेका मान्छेलाई कोरोनाभन्दा अन्ने विभिन्न रोगले मार्ने निश्चित छ। घात लाग्दो कुरो त खाना र पानी न पाएर मरिन्छ कि भने उनीहरुको सोच छ। कसले बुज्ने उनीहरुको पीडा यस्ता आत्म घाती क्वारेन्टाइनमा राख्नुभन्दा घर पठाएको बेश।

बाँके जिल्लाको नरैना पुरमा एक युवकको मृत्यु कोरोना भाइरसको कारणले भनिएको छ। यथार्थमा उनको पानी नपाएर, उचित उपचार नपाएर मृत्यु भएको हो! उनको समयमै कोरोना परिक्षण गरि आवश्यक उपचार गरेको भए ति युवाको ज्यान नजान पनि सक्थ्यो। जिउँदोसम्म मतलव नगर्ने मरेपछि एम्बुलेन्स बोलाएर नाटक गर्ने ? जेल जस्तो थुनेर राख्ने भाग्यो भने गोलि हान्ने आदेश दिने र बिरामी छट्पटी गर्दा पनि उस्लार्इ पानीसमेत नखुवाउने ? यस्ता क्वारेन्टाइनलाई मृत्यु घर किन नभन्ने ? जहाँ जवर्जस्त मार्न बनाइएको झ्यालखाना हो। खै कहाँ गए क्वारेन्टाइनका मापदण्ड ? कहाँ गए नागरिकका आधारभुत आवश्यकता र अधिकारहरु ?

नेपालको सामाजिक दलाल, पूँजीवादी सरकारको चरम लापरबाही कमिसन खोरी दलाली प्रवृत्तिका कारण पर्याप्त पहल हुन सकेन। जस कारण लाखौं नेपाली नागरिकले विविध खालका समस्यहरु भोगि रहनु परेको छ। अर्को कुरा अबदेखि सार्वजनिक स्वास्थ संस्थाले पनि कोरोना भाइरसको परिक्षण गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिएका छन्।

यही कोरोना भाइरसले देश लकडाउन भएको बेला मानिसलाई बिहान बेलुकी हात मुख जोर्ने समसया भएको बेला कसले पैसा तिरेर परिक्षण गराउन सक्छ र १५ रुपैयाँको सिटामोल किनेर खान नसक्ने जनता कसरी टेस्ट गर्न सक्छ्न। पैसा पाएपछी चामल किनेर परिवारको छाक टार्छ्न। मान्छे बरु रोग लागेर मर्न तयार होलान् तर, भोकै मर्न सक्दैन्न सरकार।

भोकको पीडा भोगेकाहरु रोग लागेर मर्न तयारी हुन्छ्न। चेतना होस्। नेपाल सरकारले समयमै माथी उल्लेखित कुराको ख्याल नगर्ने हो भने भुषको आगोझैं नेपालभित्र ध्वस्त निश्चित छ। सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसहित सरकारले सम्पुर्ण स्रोत साधन जनशक्ति प्रयोग गरेर छिटोभन्दा छिटो परिक्षणको दायरा फराकिलो पार्नुपर्छ। संक्रमितलाई आइसोलेटमा राख्नुपर्छ।

क्वारेन्टाइनलाई दस्तावेज बमोजिम सुबिधा उपलब्ध गराउनु पर्छ। यति गर्ने हो भने कोरोना भाइरस नियन्त्रणमा केही राहत पुग्नेछ। अन्यथा सरकारको लापरबाही तथा ढिला सुस्तीले देशमा अमेरिका, इटाली र रूसभन्दा हजारौं गुणाबढी क्षति हुने निश्चित छ। र कछुवा गतिको यो सरकारी कार्यशैली अक्षम अपराधको रूपमा इतिहास रहिरहने छ।

नेपालीमा यौटा प्रसिद्ध उखान छ, ‘आगो लागि सकेपछि कुवा खन्नु’ उक्त उखान कोरोना भाइरसविरुद्ध नेपालको अभियानमा मिल्दो जुल्दो छ। डिसेम्बर महिनामा चीनको वुहान शहरमा देखियको माहामारी नेपालमा ३ महिनापछि देखिएको छ। तर, पनि उपचारमा सङ्लग्न चिकित्सकले लगाउनु पर्ने पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पिपिइ) सेटसमेत आजसम्म पर्याप्त मात्रामा उपलब्ध छैन। क्वारेन्टाइन र आइसोलेटको अवस्था नाजुक छ।

यसरी लापरबाही र ढिलासुस्तीले नेपालमा कोरोना भयावह हुने निश्चित जस्तै देखिन्छ। आफन जनताको अलिकति पनि दया र माया छ भने सरकारले चाँडो भन्दा चाडो क्वारेन्टाइनको उचित व्यवस्थापन, कन्ट्याक्ट् ट्रेसिङ र क्वारेन्टाइनलाई व्यवस्थापन गर्दै सम्पूर्ण नागरिकको कोरोना परिक्षण गरि समयमै सम्भावित जोखिमबाट देश र जनतालाई बचाउनु सरकारको मुख्य लक्ष्य हुनुपर्छ।

(लेखक नेपाली कांग्रेस, बाजुराकी नेता हुन्।)