file photo
काठमाडौँ। नेपाली राजनीतिक इतिहासका शिखर पुरुष वीपी कोइरालाको राष्ट्रवादको चर्चा भइरहने विषय हो। उनै वीपीकी नातिनी मनिशा कोइरालको एउटा ट्वीटले विस्तारवादी भारत थर्कमान भएको छ। नेपालको लिम्पयाधुरा क्षेत्रमा भारतले एकतर्फि रुपमा बाटो निमार्ण गरेर उद्घाटन गरेपछि नेपाल-भारतबीच तनाव जारी छ।
नेपाल सरकारले बुधबार मात्रै नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतले उक्त नक्सा अस्वीकार गरेको छ। तर, विस्तारवादी भारतका विरुद्धमा चौतर्फि आलोचना र विरोध जारी छ।
नेपाली राजनीतिक इतिहासका शिखर पुरुष वीपी कोइरालाको राष्ट्रवादको चर्चा भइरहने विषय हो। वीपीले नेपाली जनताका खातिर विद्रोहको ‘सशस्त्रदेखि गान्धीवादीसम्म’ झण्डा उठाएका थिए।
वीपीले नेपाली जनताका खातिर विद्रोहको (सशस्त्रदेखि गान्धीवादीसम्म) झण्डा उठाएका थिए। तर, वीपीले ती निर्णय लिँदा केन्द्रीय तहदेखि ग्रामीण तहसम्मका कार्यकर्तावीच बिहंगम बहस चलाए। जुझारुपनसँगै नेतृत्व कौशल भएका वीपीलाई भारतको कार्ड बनेर इन्दिरा गान्धीलाई साथ दिनुहोस् भन्दा उनले भनेका थिए, ‘मुलुकभित्र राष्ट्रवाद र लोकतन्त्रको झण्डा उठाएरै मृत्युवरण गर्नु उचित ठानेर भारत छाड्दै गर्दा उनले भने राष्ट्रियताका सवालमा मेरो राजासँग मत मिल्छ। तर, लोकतन्त्रका सवालमा मेरा लडाई र संघर्ष राजासँगै हो।’
नेपाली मूलकी बलिउड नायिका कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन्। मनिषाको यो ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन्।
मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ।
बुधबार सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुलेको गरी नेपालको नक्सा प्रकाशित गरिसकेको छ।
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now ? https://t.co/A60BZNjgyK
— Manisha Koirala (@mkoirala) May 18, 2020