नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४०२ पुग्यो



काठमाडौँ। थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकरएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन्। यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन्। प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन्।