प्रधानमन्त्रीलाई उभिएर सम्बोधन गर्न गाह्रो भएपछि कुर्सी राखियो



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो भएपछि रोष्ट्रममै कुर्सी राखिएको छ।

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए। साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे। तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना गरे। त्यसपछि उनलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ।