सुर्खेत। कर्णाली प्रदेशमा पनि एकजनामा कोरोना संक्रमण पुष्ठि भएको छ।
भारतको आग्राबाट आएका आठबीस नगरपालिका वडा नं. १ सात्तालाका एक पुरुषमा सोमबार कोरोना पुष्ठि भएको हो।
ती पुरुषको पिसिआर परिक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएपछि प्रदेश अस्पताल कालागाउँले पुर्नपुष्टिको लागि नमूना नेपालगञ्ज पठाएको थियो। नेपालगन्जमा पनि कोरोना पोजेटिभ देखिएको हो।
अस्पताल श्रोतका अनुसार कोरोना संक्रमणको आशंका गरिएका ती युवा ४५ दिन भारतको बनबासामा बसेर आएका र उनलाई आठबीस नगरपालिकाले उद्धार गरेर जेठ एक गते आठबीस ल्याएको थियो।
उनी लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्दै आइरहेका छन्। उनीसँगै अन्य ३८ जना युवाहरु पनि क्वारेन्टाईनमा बस्दै आइरहेको वडा अध्यक्ष पर्वसिंह विश्वकर्माले बताए।