काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताएका छन्।
सीमामा अलपत्र परेका नेपालीहरु र खाडी मुलुकमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन नसकेको उल्लेख गर्दै उनले भने, ‘जसले आफ्नो मान्छे चिन्न सक्दैन। जसले आफ्नो मान्छे जोगाउन सक्दैन। त्यसले माटो जोगाउन पनि सक्दैन। मेरो मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याइदिन्छ भन्ने रत्तिभर पनि भ्रम छैन्।’
सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने र लुटेको भूमि फिर्ता ल्याउने घोषणा गर्दा सदनमा आफूले समेत टेबुल ठोकेको उनले स्मरण गराए । तर, घर गएर आफैंलाई प्रश्न गर्दा सरकारले गुमेको भूमि फिर्ता ल्याइदिन्छ भन्ने विश्वास हुन नसकेको उनले बताए ।
संसदमा कहिलेकाहीँ राष्ट्रियता भनेको मान्छे पनि हो, माटो हो भनेर बहस हुने गरेको उल्लेख गर्दै उनले भने ‘दुइटै हो । माटो पनि हो, मान्छे पनि हो ।’