समाचार टिप्पणी
काठमाडौँ। सरकारको लापरबाहीका कारण कोरोना भाइरस (कोभिड-१९) ले नेपालमा महामारीको रुप लिने अवस्था र्सिजना भएको छ।
नेपालमा (कोभिड-१९) तेस्रो चरणमा प्रवेश गरेको छ। कोरोनाका कारण यो समाचार तयार गर्दाको समयसम्म २ जनाको मृत्यु भइसकेको छ। त्यस्तै ३५७ जना कोरोना पोजेटिभ भेटिएका छन्। नेपालमा पछिल्ला दिनहरुमा तीव्र गतिमा कोरोना संक्रमितको संख्या बढिरहेको छ।
पछिल्लो समयमा भारतबाट लुकिछिपि नेपाल प्रवेश गरेका नेपालीहरुमा कोरोना भेटिएको छ। भारतबाट दुईसाता हिडेर नेपाल पुगेका बाँकेका एक जना युवाको ज्यान नै गइसकेको छ। आजको दिन आउनुमा सरकारले समयमै उचित कदम नलिनु नै हो। देशका चर्चित व्यक्तिहरुका विचारसँगै कर्णाली सन्देशले सीमासम्म आएका नेपालीहरुको उद्दार गर्न र उनीहरुको व्यवस्थापन गर्न समाचारका माध्ययमबाट सरकारलाई निरन्तर सुझाव दिँदै आयो।
सीमासम्म आइपुगेका नेपालीहरुलाई ‘तत्काल उद्दार गर्नुपर्छ, नत्र दोस्रोबाटो प्रयोग गर्ने सम्भावना हुन्छ’ भेन्ने शीर्षकमा गत चैत २० गते समाचार प्रकाशित गरेको थियो। बर्दियाली सांसद बिमला विकले रक्षामन्त्री तथा कोभिड १९ नियन्त्रण उच्चस्तरिय समितिका संयोजक इश्वर पोखरेललाई ध्यानाकषर्ण गराएकी थिइन।
चैत ११ गतेपछि सीमासम्म आएका हजारौं नेपालीहरुलाई एक महिनाभन्दा धेरै समय रोकियो। अन्ततः सरकारले देश प्रवेशको अनुमति दियो। उनीहरुबाट सबैभन्दा धेरै खतरा मानेको सरकारले आजको दिन आउने कुनै कल्पनासमेत गरेन। पहिलो चरण सीमा पारी रोकिएका नेपालीहरु वारी आए। केही मात्रामा कोरोना देखियो। तर, सरकारले अपेक्षा गरेको भन्दा निक्कै नै थोरै।
तर, अहिले सरकारका सामू कोरोनाका कारण समस्याका चाङहरु बन्दैछन्। भारतलगायत तेस्रो मुलुकमा रहेका आफ्ना नागरिकहरुको उद्धार गर्नुपर्ने प्रमुख बाध्यता छ। कोरोना संक्रमण देखिएको चार महिनासम्म पनि सरकारले यथेष्ट क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने पूर्ण तयारीमा ध्यान दिन सकेन। सबैभन्दा धरै भरपर्दो मानिएको राजधानीको टेकु अस्पतालमा थप कुनै संरचना बनेको छैनन्। त्यस्तै देशका अन्य अस्पतालमा पनि यथेष्ट क्वारेन्टान र आइसोलेशन निमार्ण नभएका खबरहरु आइरेहका छन्।
राज्य यसबीचको समयमा कतै कमिसन त कतै सत्ताको रस्साकस्सीमा लिप्त भयो। कोरोनालाई कसरी पराजित गर्नेभन्दा पनि आफ्नो सत्ता र शक्तिलाई सकरी जोगाउने भन्नेमा केन्द्रित हुँदा करोनाले नेपाललाई दिएको गोल्डेन चान्स खेर गयो। सार्वजनिक रुपमा नाङ्गो नृत्य प्रदर्शन हुनुले सरकारमाथि गुप्रै प्रश्नहरु खडा भए। अहिले एकातिर कोरोना र अर्कोतिर छिमेकीहरुले देशको सीमाना मिचिरहेका छन्। यसै बेला सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमका बारेमा छलफल जारी छ।
समयमै भारतबाट आउने नेपालीहरुलाई नेपाल भित्रिन दिएको भए आजको दिन आउने थिएन। नागरिक हाम्रा हुन्, कोरोना चीनको हो भन्न थालियो। भारतले आफ्ना नागरिकहरुलाई त सुरक्षा र उपचार गर्न सकेको छैन। नेपालीहरुलाई सुरक्षित राख्छ भनेर ढुक्क बसेको सरकारले अहिले बुझ्दैछ होला। भारतले आज सीमानामा ल्याएर छोडिएका नेपालीहरु लुकीछिपि आफ्नो मातृभूमि टेक्दैछन्। हामीले सुन्दैछौं, प्रदेशको भूमिमा तिरस्कारको जिन्दगी बाँच्नुभन्दा आफ्नै देशमा मर्नु बेश। अझैं आत्तिनु पर्ने अवस्था छैन। राज्यको पूरै ध्यान सीमासम्म आएका आफ्ना नागरिकहरुको उद्धार गरेर व्यवस्थापन गर्नतिर ध्यान दिनुपर्छ।
विषय विज्ञका अनुसार सरकारले आजको दिन आउछ भन्ने समेत हेक्का नगरेकै कारण आजको दिन आएको हो। सरकारका गलत सल्लाहकारका कारण देश कोरोना महामारीमा जाकिँदैछ। सरकारले आफ्ना वरीपरीका मान्छेहरुले भनेको मात्रै सत्य र अन्तीम हो भन्ने भ्रममा पर्दा यो दिन आइपुगेको हो। सरकार स्वयं सांसद अपहरण गर्नेदेखि पार्टी फुटाउने र सत्ता घटजोडको खेलामा लाग्यो। जुन कुरा आम मानिसहरुले जानेकै विषय हो। जुन समयमा कोरानाका विरुद्धमा लड्ने र यथेष्ट तयारी गर्नुपर्ने समय थियो। सरकार आफैले जनतालाई घरभित्र थुनेर राजनीतिक अस्थिरता निम्त्यायो।
कोरोनालाई राज्यले खासै खतराको रुपमा लिएन। जनताहरु पनि खासै सचेत भएको देखिएनन्। कोरोनाको सम्भावित क्षेती सरकारको लापरबाही र जनताको अटेरीपनमा निर्भर हुनेछ। भारतलगायत अन्यदेशबाट उद्दार गरिने नागरिकहरुले इमान्दार बनेर स्वदेश फर्किनु पर्नेछ। सरकारले उनीहरुको उचित स्वास्थ्य जाच तथा व्यवस्थापन गर्नुपर्छ।
पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्नुमा सामूहित क्वारेन्टाइन एक कारण बन्दैछ। कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले तत्काल क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्छ। एउटै ठाउँमा धेरै मानिसहरु कोच्चिएर बस्नुपर्ने र स्वस्थ मानिसहरु पनि संक्रमित बन्ने छ। भारतलगायत अन्य देशबाट आएका मानिसहरुका लागि उचित क्वारेन्टाइनको व्यवस्थापन गर्नमा राज्यको गम्भीर ध्यान दिनुपर्छ।
आजको दिनमा यत्ति भन्न सकिन्छ, उप्रान्त नेपालीहरुले रोग र भोकसँग एकसाथ लड्नु पर्नेछ। निदर्यी मृत्युसँग जुध्नुछ। त्यसका लागि हरेक नेपालीहरुले आफ्नो मानसिकतालाई तयार बनाएर राख्नुपर्ने छ। राज्यलाई खबरदारी र आफ्नो तर्फबाट कर्तव्यवान बनाउनबाट कुनै पनि कसर बाँकी राख्नु हुँदैन। सरकार र जनताको साझा दायित्व र जिम्मेवारीबाट कोरोनाविरुद्धको लडाइ जितिन्छ। आत्तिनु पर्ने र हतास हुनुपर्ने कुनै कारण छैन। बरु सक्दो सहयोगी बनौं। आफू बाँचौ र अरुलाई पनि बचाऔं।