बाँकेमा ४७ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ३५७ पुग्यो



बाँके। नेपालगञ्जमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ। यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन्। देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सोमबार बिहान पनि ९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो। बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन्।

हालसम्म परीक्षण अवस्था

३० हजार ७२३ पीसीआर
६९ हजार ५६० आरडीटी
बितेको २४ घण्टामा २ हजार ५५८ पीसीआर परीक्षण
बितेको २४ परीक्षण १ हजार ७९१ आरडीटी परीक्षण