अर्घाखाँची उत्पादन र रोजगारिमा केन्द्रित



अर्घाखाँची। कोरोनाको महामारिका कारण देशमा लकडाउन भएर कल कारखाना, उद्योग, व्यावसाय ठप्प छन्। जसका कारण कैयौं बेरोजगार भइ बस्नुपरेको छ।

यस्तो अबस्थामा पनि अर्घाखाँचीमा सुरक्षा अपनाउदै खेतीपातीका काम भइरहेका छन्। यसैबीच जिल्लाको पाणिनी गाउपालिका ७ झन्द्रेकमा झन्द्रेक कृषि बहुउद्देश्यीय सहकारी सस्थाको स्थापना गरि कृषि उत्पादन गर्न र रोजगारिको अबसर दिन थालिएको छ।

गाउमा स्थानीयको सक्रियतामा सस्थाको स्थापना भएको छ। ३४ जना सदस्य रहेको उक्त सस्थामा प्रती ब्यक्ती १ लाख रकम जम्मा गरि सहकारी मार्फत व्यावसायिक कृषि तथा पशुपालन गरिने भएको छ। सुरुमा मकै खेती, टमाटर, तरकारी बाली, हुँदै खेती गरिनेछ। यसैगरी दोस्रो चरणमा बाख्रा पालन, माछापालन गरिने सस्थाका संयोजक एबम वडा सदस्य नवीन कुमार टन्डनले जानकारी गराउनु भयो।

स्थानीय २ ब्यक्तिको करिब ७० रोपनी जग्गालाइ भाडामा लिइ कृषि तथा पशुपालन गरिने भएको हो। उक्त कार्यको सुरुवात भएपछी स्थानीयले पनि रोजगारी पाएका छन्। स्थानीय एक परिवारलाई आबाससहित रोजगारि प्रदान गरिएको छ भने दैनिक २० जना ब्यक्तिलाई उचित मुल्यमा रोजगारि प्रदान गरिएको छ।

गाउमा रहेका खेतीयोग्य जमिनको उपयोग गर्न थालिएको यस्तो योजनाले स्थानीय उत्पादनको बजार ब्यबस्थापन गर्न पनि सघाउ पुग्ने बताइएको छ । बोयर जातको बाख्रा उत्पादनलाइ प्राथमिकता दिई सिङ्गो गाउलाइ नै नमुना बनाउन सकिने स्थानीय बताउछन।

लकडाउनले गर्दा रोजगारि नपाएकाहरु र वैदेशिक रोजगारीबाट फर्किएका जनशक्ति लाई यो सुनौलो अबसर पनि भएको उनिहरु बताउँछन् । स्थानीय युवाहरू नै त्यस सस्थालाइ बैधानिकता प्रदान गरि व्यावसायिकतातर्फ उन्मुख गराउन लागिपरेका छ्न।