काठमाडौं। नेपालमा कोरोनाबाट पाँच जना पत्रकार संक्रमित बनेका छन्।
बाराको करैयामाई निवासी थप एक जना पत्रकारमा कोरोना देखिएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ।
उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन्। यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।
योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुगेको छ। संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या तीन सय चार पुगेको छ।नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ। पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन्।