जेठ २० गतेसम्म लकडाउन जारी



काठमाडौँ। सरकारले लकडाउन जेठ २० गतेसम्म जारी राख्ने भएको छ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।