भारतमा नेपाली चेलीको मान मर्दन गरेको भन्दै नायिका थापाद्वारा विरोध



काठमाडौँ। बलिउड वेब सिरिज ‘पाताल लोक’ले नेपाली चेलीको मान मर्दन हुने गरेर प्रस्तुत गरेकोमा नायिका रेखा थापाले आपत्ती जनाउदै निर्माण टिमले माफि मागेर उक्त दृश्यहरु तुरुन्तै हटाउनुपर्ने माग गरेकी छिन्।

रेखाले आफ्नो फेसबूकमा एक स्टाटस लेख्दै भनिन्–‘एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भत्सर्ना गर्दछु।’

उनी थप्छिन्, ‘एस्तो भाषा र हेपाह प्रवृतिले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । एसको निर्माण सम्बद्द पक्षले तुरुन्तै माफि मागोस र रेकर्ड बाट हटाइयोस।’

उनले कुन देशका छोरीहरु बहादुर छन् भन्ने कुरा ईतिहास साक्षी भएको बताएकी छिन्। उनी भन्छिन् – ‘हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर-घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस।’

साभार-बेलाबेला न्यु