काठमाडौँ। प्रदेश नम्बर ५ को दाङमा पनि कोरोना संक्रमित फेला परेका छन्।
दाङको गढवा–४ र ५ तथा तुलसी–७ मा निवासी जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २३, ३६ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि प्रदेश नम्बर ५ अन्तर्गतका रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियामा कोरोना संक्रमित फेला परिसकेका छन्।
यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।