नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४९ पुग्यो


काठमाडौँ। नेपालमा थप तीन जनामा कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ।