सांसद बिकको पहलमा बर्दीयाका लागि स्वास्थ्य सामग्री उपलब्ध



काठमाडौँ। बर्दीयाली प्रतिनिधि सभा सदस्य बिमला बिकको पहलमा १ हजार ५ सय थान आरडीटी किट बर्दिया पठाइने भएको छ।

पर्सनल प्रोटेक्टिभ इक्वेमेन्ट (पीपीइ) लगायतका स्वास्थ्य सामाग्रीहरु पनि बर्दिया पठाउन लागिएको खबर आफूले पाएको सांसद बिमला बिकका स्वकीय सचिव गोरख बहादुर खड्काले जानकारी दिएका छन्।

खड्काका अनुसार आरडीटी किट बुधबार नेपालगञ्ज पुगी सकेको छ। अरु स्वास्थ्य सामाग्रीहरु काठमाडौँदेखि बर्दीयाका लागि तोकेर पठाउने तयारी गरिएको छ।

बर्दीया जिल्लामा ¥यापिड डाइग्नोसिस टेस्ट (आरडीटी) किटको अभाव भइरहेका बेला यसले ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। बर्दीयामा आरडीटी किटलगायतका स्वास्थ्य सामाग्रीहरु अभाव रहेको भन्दै गएको बैशाख २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संघीय सांसद बिमला बिकले क्वारेन्टाइनको रेकर्ड, पालिकाहरुको माग पत्रसहित आवाश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएकी थिइन।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको निजी सचिलवालले बैशाख २६ गते स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई पत्र लेख्दै माग भई आएका पीपीर्इलगायतका सामाग्री उपलब्ध गराईदिन भनेको थियो।

प्रदेश नम्बर ५ को अन्तीम जिल्ला बर्दीया नेपाल, भारतको खुल्ला सिमाका कारण कोरोनाको उच्च जोखिममा रहेको छ। राजापुर नगरपालिकाकी १ जना किशोरीमा कोरोना भाइरसको सङक्रमण देखिए सगैं बर्दियाली जनता झनै त्रसित बनेका छन्। छिमेकी जिल्ला कैलाली र बाँकेको नेपालगंजमा पनि कोरोनाका सङक्रमण देखिइ सकेको छ। यसले बर्दियालाई थप जोखिम पारेको छ।

बर्दीयामा पोलीमर्स च्यान रियक्सन (पीसीआर) जाँच्ने ल्यावको सुबिधा छैन। न त सुविधा सम्पन्न अस्पताल नै छन। त्यसकारण बाँकेको नेपालगंज स्थित भेरी अस्पताल अथवा अरु बाहिरी जिल्लाका ल्यावमै भर पनुपर्ने अवस्था छ।