पलाँता गाउँपालिका अध्यक्ष बमविरुद्ध चर्को नाराबाजी (भिडियोसहित)



कालिकोट। जिल्लाको पलाँता गाउँपालिको विवादले चर्को रुप लिएको छ। स्थानीयले गापा अध्यक्ष लक्ष्मण बमका विरुद्धमा चर्को नाराबाजि गरेका छन्।

वैशाख २७ गते शनिबार गापा अध्यक्ष बम र उनकी श्रीमती गोरिकला बममाथि आक्रमण भएपछिको विवादले चर्को रुप लिएको छ।

आक्रमण गरेको आरोपमा पक्राउ परेका नेपाल कम्यूनिष्ट पाटी (नेकपा) पलाता गाउँपालिका कमिटी अध्यक्ष इन्द्र रोकाया र सोही गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारीका समर्थकहरुले भ्रष्टचारी नेता चाँहिदैन, गाउँपालिको खाता बन्द गर, नेताहरु थुन्न पाईंदैन, पलाँता रेडियो खारेज गर, झुट्टा मुद्धा खारेज गर, जस्ता नारा लगाएका छन्।

कालोझण्डासहित अध्यक्ष बमका विरुद्धमा उत्रेका स्थानीयले १० महिनादेखि शिक्षक कर्मचारीलाई तलतब नपाएको, अग्नि पीडितलगायतका लागि आएको पैसा हिनामिना भएको आरोप लगाएका छन्। आन्दोलनमा उत्रेका स्थानीयहरुले गापाका सबै वडा कार्यालयमा ताला लगाउने अभियान चलाएका छन्।

बुधबार पक्राउ परेका इन्द्र र बासिन्दालाई रिहा नगरेसम्म ताला नखोलिने उनीहरुले बताएका छन्। गापाको वडा नम्बर १ र २ नम्बरमा तालाबन्दी गरिसकेको (नेकपा) का स्थानीय नेता मनप्रसाद न्यौपानेले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।