नेपाल र भारतको सम्बन्ध एउटा फरक फरक राष्ट्रका बीचको सम्बन्ध जस्तो मात्र होईन। फरक फरक देश हुँदा पनि सदियौंदेखि आत्मिए भाईचारा सम्बन्ध रहदै आएकोछ।
भारतका खुफिया एजेन्शी र केही त्यस्तै पश्चिमा तत्वहरुले नेपालको बैधानिक राजनीतिक ब्यवस्थालाई बिथोल्नका लागि जून गद्धारी गरे( हाम्रो राष्ट्र र नेपाली जनताका छातिमा छुरा हानिएकै हो।
कालापानी होस् यात लिपुलेकहुँदै लिम्पियाधुरासम्मको बिवादहोस्( यसको जिम्मेवार भारतीय साशक वर्ग नै हो। किन कि भारतीय साशक वर्गले यो वा त्यो राजनीतिक ब्यवस्थाका नाममा नेपालमा अस्वभाविक हस्तक्षप खुलेर गर्दै आएको नेपाली जनताकाबीचमा जगजाहेरछ।
भारत राष्ट्रको अहित नेपाली जनताले कहिले पनि चाहेनन् र फेरि पनि चाहिँ रहेका छैनन्। भारतीय साशक वर्गले नेपाली जनताको सहनशीलता र धैर्यतालाई कमजोरी ठानेको हो भने नेपाल र भारतकोबीचमा सदियौंदेखि कायम रहँदै आएको मित्रता सदाका लागि विच्छेद हुन् सक्छ र भारतले नेपाल राष्ट्रबाट र नेपाली जनताबाट निस्वार्थ रूपमा पाउँदै आएको मद्दत पाउने अबस्था रहने छैन।
भारत र नेपालको सम्बन्धमा भाँजो हाल्ने नेपालका राजनीतिक दलका भ्रष्ट नेताहरु र भारतीय खुफिया एजेन्शिका नेपालमा कार्यरत तत्वहरु हुन् यो गम्भीर बिषय हो।
नेपाल राष्ट्रलाई सिक्किमलाई जस्तै सजिलै खाने भारतीय साशक वर्ग र उसका अन्य तत्वहरुको दाउ हो भने भारतीय साशक वर्गका लागि निकै महंगो हुनेछ। नेपालिहरुको धैर्यतालाई कमजोरी ठानियो भने दुबै छिमेकिका लागि फलामको चिउरा साबित हुने खतरा दुबै देशका साशकहरुले समामै ध्यान दिनुपर्छ।
हामी राष्ट्रवादीहरु भारतको हित चाहन्छौं र नेपाली भूमिबाट भारतका विरुद्ध सिधा आँखाले कुनै बिदेशीले यो भूमिबाट भारत तर्फ नजर लगाउने प्रयासगर्छ भने( ती नजरलाई क्षतबिक्षत कसरी बनाउनुपर्छ भन्ने तागत नेपालीसँग हिजो पनि थियो र अहिले पनि छ।
हामीलाई भारतीय साशक वर्गले जतिसुकै अन्यायमा पार्दा पनि हामिले सहदै आएकाछौँ। अबको नेपाली समाजको चेतनलाई दबाउन खोजियो भने दुबै छिमेकिका लागि घातक हुने अबस्था देखिन थालेकोछ। यस तर्फ नेपालका बेईमान राजनीति दलका नेताहरुलेभन्दा भारतीय सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बढी जिम्मेवार बन्नुपर्छ।