कोरोना संक्रमितको संख्या २ सय ४३ पुग्यो


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार मन्त्रालयले दिएका जानकारी अनुसार यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ। नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन्।

रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए। त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ।

पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ। नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु कपिलवस्तु र बाँकेका थिए।