कालिकोट। नेपाल विद्यार्थी संघ कालिकोटले भारतले नेपाली भुमी मिचेको विषयमा खबरदारी गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
बुधबार नेपाल विद्यार्थी संघ कालिकोटका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टको नेतृत्वमा गएको एक टोलीले प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो।
नेपाली भुमी फिर्ता गर्न सरकारले ठोस पहल चाल्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको ध्यनाकर्षण गराउदै मुलुकको रक्षाका लागि सरकार संवेदनशील हुन आग्रह गरेको छ। नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली काँग्रेस कालिकोटका सहसचिव दमनबहादुर शाहीले आफ्नो भुमी मिचिदा नेपाल सरकार कानमा तेल हालेर बसेको बताए।
उनले भने, ‘यो सरकार बिगतमा निकै राष्टबादी भनेर चिनिएका नेताको नेतृत्वमा भएपनि अहिले भारतसामु लम्पसार परेको छ। यस बिषयमा नेपाली कांग्रेस कालिकोट गम्भीर आप्पती जनाउँछ। प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउदै नेबिसंघका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टले निर्वाचनको वेला राष्ट्रियताका ठुला र खोक्रो नारा लगाउने अहिले आएर आप्mनो सत्ता जोगाउन भारत सामु लम्पसार पर्ने यो सरकारको प्रवृतिको घोर भत्सना गरे। सरकारको यहि प्रवृतिका कारण भारतले सजिलै हाम्रो भुमि अतिक्रमण गरेको उनको आरोप छ।
उनले भने, लिपुलेख हाम्रो हो। भारत तुरुन्त त्यहाँवाट फिर्ता हुनु पर्दछ। सरकारले उच्च कुटनितिक पहल गर्ने तथा सवै खाले दवाब सिर्जना गरी तुरुन्त भारतलाई गल्ति सञ्चाउन बाध्य बनाओस्। प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आफ्नो विद्यार्थीले दिएको ज्ञापनपत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने प्रतिबद्धता जनाए।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल बिद्यार्थी संघका निबर्तमान केन्द्रीय सदस्य शुशीला गिरी, सचिव सविन बिष्ट, तरुण दल कालिकोटका उपाध्यक्ष चन्द्रजंग मल्ल लगायतका युवा तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो।