कालिकोट। कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम र उनकी पत्नी गोरिकला बममाथि आक्रमण गर्ने नेकपाका स्थानीय नेता विष्णु रोकाया र मान बहादुर भण्डारीलाई अन्ततस् आज कालिकोट जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ।
गत आइतबार जिल्ला प्रहरी कार्यालयमा अध्यक्ष बमका दाई लंकबहादुर बमले प्रहरीमा उजुरी दिएका थिए। तर, कालिकोट जिल्ला प्रहरी कार्यालयले नेकपाका केही नेताको दाबाबमा मुद्धा दर्ता गर्न मानेका थिएनन्। अध्यक्ष बम माथि आक्रमण गरेका कारणले नेकपा कालिकोटले रोकाया, र भण्डारीलाई पार्टीबाट निलम्बन गरिसकेको छ।
घटना छानविनको लागि नेकपा पार्टीको तर्फबाट कालिकोटका सदस्य खड्गराज सेजुवालको संयोजगत्वमा जिकससक चन्द्र ब शाही र जिकसस क अग्र विष्ट रहने गरी तिन सदस्यीय छानवीन कमिटी गठन गरिएको छ। उक्त समितिले १५ दिनभित्र जिल्ला पार्टीमा प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिने नकपा कालिकोटले जनाएको छ।