काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं। राजधानी काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।

दोलखा केन्द्र भएर केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।मंगलबार राति ११ बजेर ५३ मिनेट मा दोलखाको जुगु आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ५.३ म्याग्नेच्युड थियो।

भूकम्पको धक्का काठमान्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, धादिंग, तनहु, चितवनलगायत देशका अन्य जिल्लाहरुमा पनि महाशुह गरिएको छ। मध्यरातमा भुकम्पको धक्काले महशुश भएपछी धेरै मानिसहरु घरबाहिर निक्लिएका छन।