काठमाडौँ। गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्य सामग्री प्रदानगर्ने कार्य जारीछ।
यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सदस्य तुलाराज सिम्खाडा, अनेमसंघकी केन्द्रीय सदस्य यशोदा बराल, राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य मेघराज शाही, रास्कोट कम्युनिटी हस्पिटलका सचिव कौशल न्यौपानेको संयुक्त पहलमा ३८ परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ।
राजधानी काठमाडौँका विभिन्न स्थानमा बस्दै आएका कालिकोटका ३८ परिवारलाई मंगबार २५ केजिको ३० प्याक र ३० केजिको १० प्याक जिरा मसिनो चामल, एक क्वीन्टल दाल, ३८ लिटर तेल, ३८ केजि नुन प्रदान गरिएको युवा संघका केस शाहीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।