भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शनमा उत्रिएका पक्राउ



काठमाडौँ। भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्मको सडक बाटो निर्माण गरेपछि नेपालमा भारतविरुद्ध विरोध प्रदर्शन भैरहेका छन्।

प्रहरीले प्रर्दशनमा उत्रिएकाहरुलाई पक्राउ गरिरहेको छ। आज भारतीय कदमको विरुद्धमा प्रदर्शनमा उत्रिएका अभियन्ताहरु पक्राउ परेका छन्।

अधिवक्तासमेत रहेका अभियन्ता स्वागत नेपाल, रञ्जु दर्शनासहितका व्यक्तिहरु मंगलबार माईतीघरबाट पक्राउ परेका छन्।

 

तस्विरः मुकुन्द कालिकोटे