पीडितको उजुरी नलिएको भन्दै पलाँता प्रहरी चौकी घेराउ


कालिकोट। जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम, उनकी श्रीमती गोरिकला बम र भतिजा गजेन्द्र बममाथि आक्रमण गर्नेहरुको विरुद्ध दिएको उजुरी नलिएपछि फेरी नाराबाजी सुरु भएको छ।

मंगलबार स्थानीयले दोषीमाथि कारबाहीको मागगर्दै पलाँता प्रहरी चौकी घेराउ गरेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय कालिकोटले पीडितको तर्फबाट उजुर लिन नमानेपछि स्थानीय आन्दोलित बनेका हुन्।

आन्दोलनमा उत्रेका स्थानीयहरुले अधयक्ष बमको टिममाथि आक्रमण गर्नेहरुलाई तत्तकाल कारबाही गर्न र उनीहरुका विरुद्धमा दिएको जाहेरी लिन प्रहरी समक्ष माग गरेका छन्।