कालिकोट। जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफू र आफ्नो परिवारमाथि आक्रमण गर्नेहरुका विरुद्ध दिएको उजुरी प्रहरी नलिएको भन्दै आक्रोश पोखेका छन्।
अध्यक्ष बम, उनकी पत्नी गोरीकला बम र भतिजा गजेन्द्र बमलाई कुटपीट गर्नेविरुद्ध दिएको उजुरी जिल्ला प्रहरी कार्यालय कालिकोटले दर्ता गर्न नमानेको पीडित पक्षको भनाइ छ। गत शनिबार अध्यक्ष बमलगायतको टिममाथि आक्रमण भएको थियो।
अध्यक्ष बमले सोमबार सामाजिक सञ्जाल मार्फत जिल्ला प्रहरी कार्यालय नै (नेकपा) को नीजि कार्यालयका खडा भएको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘जिल्ला प्रहरी कार्यालयनै नेकपाको नीजि कार्यालय भयो भने सम्झना होस्, म पनि (नेकपा) को आस्थामान हो माग सम्बोधन होस्।’
घाईते बमसहितको टोलीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत आइतबार सुर्खेत लगेपछि अध्यक्ष बमका दाई लंकबहादुर बमले जिल्ला प्रहरी कार्यालय कालिकोटमा आईतबार उजुरी दिए पनि प्रहरीले दर्ता नगरेको उनले भनाई छ।
गाउँपालिका अध्यक्ष बमले आफूहरुले पलाँताको राडुनेटा हुँदै खिन छलाहा जाने सडकको जग्गा विवाद समाधान गरी गाँउपालिका फकिर्ने क्रममा नेकपा गाँउपालिका अध्यक्षसहितको टोली आएर आफूहरु माथि आकमर्ण गरेको बताएका छन्।
उनले भने, ‘हामी पालिका फर्किने तयारीमा थियौँ। उनीहरु आएर पालिका केन्द्र किन निर्माण भएन। थिर्पुमा किन १५ शैया अस्पताल निर्माण भयो भनेर विवादको सुरुवात गरे। मैले बिस्तारै निर्माण हुन्छ भनेर जवाफ दिए। तर, उनीहरुले सिधै ढुंगामुडा गरेर आक्रमण गरे।’
त्यस्तै अध्यक्षसहितको टोलीमा किन आक्रमण गर्नु भएको हो नि? भनेर सोधिएको प्रश्नको जवाफमा नेकपा पलाँता गाँउपालिका अध्यक्ष राकायाले पलाँतामा भएको सामान्य विवादलाई ठूलो बनाइएको बताए। उनले आफूहरुले कसैलाई पनि कुटपीट नगेको दाबी गरे।’