सीमा विवाद: काठमाडौँमा केपी ओली र नरेन्द्र मोदीको पुत्ला दहन



काठमाडौँ। पश्चिम नेपालको लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक निर्माण गरेको विरोधमा काठमाडौँमा प्रदर्शन भइरहेको छ।

सोमबार राजधानीको माइतीघर-बानेश्वर क्षेमा भारतीय दादागिरीको विरुद्धमा प्रदर्शन गर्ने ३० जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएको छ। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन्।