लिपुलेकबारे ओली-मोदीबीच घनिभूत वार्ता हुनुपर्छ: लक्ष्मण शाही 



जुम्ला। नेपाली कांगेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले सीमा विवादबारे प्रधनमन्त्री केपी ओली र भारतीय समकक्षि नेरेन्द्र दास (मोदी) बीच सार्थक वार्ता गरिनु पर्ने सुझाव दिएका छन्।
सीमा मिचिएको बेलामा पनि सरकारले व्यवारिसे वक्तव्यबाजी गरेको बताउँदै नेता शाहीले भारतले नेपालको राष्ट्रियतामाथि आँच पुग्नेगरी लिपुलेकमा सकड निर्माण गरेकोमा आपत्ति जनाएका छन्।
आइतबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘लिपुलेक नेपालको भूमि)हो। हामी यसमा प्रष्ट छौं। नेपाली माटोका बारेमा कहिँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छन्। चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारले जुन वक्तव्यबाजी गरिरहेको छ। यसरी वक्तव्यबाजी होईन दुबै देशका प्रधानमन्त्रीबीच घनिभुत वार्ता र सम्बाद गरेर सीमा विवाददलाई सधैभरिका लागि समाधान गर्नु पर्दछ।’
नेता शाहीले अगाडि लेखेका छन्, ‘नेपाली भू-भागहरुबारे उच्चस्तरीय कुटनैतिक पहल मार्फत दिर्घकालीन समाधान खोज्ने सरकारको दायित्व हुने कुरा स्मरण गराउँदछु। आफ्नो अस्मिता लुटिदा बैरीहरुसँग पैठेजोरी खेल्न नसक्ने पनि रक्षक हुन्छ ? वीरहरुको वीरताले कोरिएको हाम्रो भूमिमा बैरीहरुको रजाइँ गर्ने थलो बनाउन नदेउ सरकार। भारतीय विस्तारवाद मुर्दावाद लेखेर केही हुनेवाला छैन। टिभी, रेडियो, अनलाइनमा बोलेर,लेखेर केही हुनेवाला छैन। मात्रै कुशल र प्राज्ञिक कुटनैतिक पहल बाहेक।केपी काका फेरी एकपटक राष्ट्रियतामा बलियो भएको सन्देश देउ, यो तपाईंका लागि अवसर हो।’