भारतीय सेना कालापानीमा आएर बस्न पाउँदैन भन्दै आफ्ना कार्यकर्तालाई खुकुरीसहित कालापानीमा मार्च गराउनेहरुले धेरै पटक नेपालको सत्तामा बस्ने मौका पाएका छन्। अहिले त (नेकपा) कै बहुमतको सरकार छ। राष्ट्रपति पनि त्यही कम्युनिष्ट पार्टीकै कार्यकर्ता छन्।
राज्यको शक्ति आफ्नो हाथमा भएका बेला छिमेकको बिदेशीले आफ्नो जमिन खोस्दा आपत्ती जनाउँदै हस्ताक्षरसमेत नभएको बक्तब्य जारी गरेर नाक जोगाउन खोज्ने साशक प्रसाशकहरुलाई नेपाली जनताले उपयुक्त समयमा बल प्रयोग गर्दै देशद्रोहको अभियोगमा कारबाही पक्कै पनि गर्नेछन्।
अहिले बिवादमा आएको भारतको धार्चुला, नेपालको लिपुलेक हुँदै मानसरोवरसम्मको मोटर बाटोका बारेमा सत्य तत्थ्य बाहिर ल्याउन जरुरी छ। सुशील कोईराला प्रधानमन्त्री हुँदा नै भारतले त्यो बाटो निर्माण कार्य सुरु गरेको भनिन्छ।
सुशील कोईरालाभन्दा पछि भएका प्रधानमन्त्री बनेका र बनेका सरकारहरुले यस विषयमा किन बोलेनन् ? त्यो क्षत्रका सबै राजनीतीक पार्टीका नेता हुँ भन्नेहरुले किन बोलेनन् ? जब भारतले आफै सार्वजनिक गर्यो अनि आपत्ती जनाउँदै बिना हस्ताक्षरको व्यवारिसे बक्तब्य जारी गर्ने दलालहरुले चलाएको सत्ता र ब्यवस्थालाई राष्ट्रवादीहरुले चलाएको सत्ता र ब्यवस्था हो कसरी भन्ने?
हरेक राजनीतिक दलभित्रका देशभक्त नेता कार्यकर्ता र आम देशभक्त नेपालीले बुझ्नैपर्ने महत्वपुर्ण कुरा के हो भने, नेपालका नेताहरुलाई भारतीयले गरेका सबै काम कुरा थाह थियो। अहिले पनि छ। नेपालको राज्यसत्तामा भारतीय पक्षकै तागतमा आएको हुँनाले उसको बिरोध गर्दा सत्ता खोसिने डर भएको हुँनाले नेपाली जनतालाई गुमराहमा पार्ने अपराध गरेका थिए।
सत्तासीन दलका नेताहरुले भारतीय पक्षले लैजान खोजेको बाटोमा हिंड्नुपर्ने उनीहरुलाई १२ बुँदे सम्झौताले बाध्यता बनाएको छ। १२ बुँदे सम्झौतालाई वास्ता गर्दै पार्टीको आन्तरिक विवादलाई साम्य पार्नका लागि बालुवाटारभित्र चीनको खुलमखुला प्रबेश गराएकोप्रती चिढिंएको भारतले नेपालका आफ्ना दलालहरुसँग लिपुलेकबाट मानसरोवर सम्माको मोटर बाटो निर्माणको बदला स्वरुप उदघाटन गरेको मात्र हो। नेपालका दलाल नेताहरुको विकल्प नखोज्दासम्म यसरी नै नेपाल सकिँदै जानेछ।