काठमाडौँ। कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका बिभिन्न क्याम्पसका बिद्यार्थीहरुलाई राहत वितरण गरिएको छ।
आइतबार काठमाडौंको पशुपति क्याम्पसमा नेविसंघका महामन्त्री मनोज बैद्यले करिव ५ सय बिद्यार्थीहरुलाई राहत वितरण गरेका छन्। लकडाउनका कारण बिद्यार्थीहरुको अवस्था निकै दयनिय भएका कारण राहत बितरण गरिएको बैद्यले बताए।
सरकारले बाडेको राहतमा व्यापक अनियमितता तथा विभेद भएको भन्दै महामन्त्री वैद्यले उक्त राहतले विद्यार्थीहरुलाइ समेटन नसकेकोले आफुले राहत वितरण बताए।
लक डाउनको पालना गर्न आग्रह गर्दै बैद्यले अन्य केही समस्या परे आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए।महामन्त्री वैद्यले आगामी दिन पनि समस्या परेका विद्यार्थीहरुलाई राहत लगाएतका सामाग्री वितरण गर्ने जानकारी दिए।