अनशनको तेस्रो दिन: स्वदेश फिर्ता गर्न सरकारसँग एकमात्रै माग



काठमाडौँ। बंगलादेशमा चिकित्सक शिक्षा अध्ययनरत विद्यार्थीहरुले स्वदेश फिर्तीको माग गर्दै ‘डिजिटल रिले अनशन’ सुरु गरेको आइतबार तीन दिन पुगेको छ।

ढेड महिनादेखि आफूहरुको अवस्था खतरा तर्फ धकेलिएको भन्दै उनीहरुले नेपाल सरकारलाई उद्दार गर्न माग गर्दै आएका छन्। आफैले खर्च व्यहोर्नेभन्दा पनि सरकारले उनीहरुलाई स्वदेश ल्याउन सकेको छैन।

बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको हकहति र अधिकारका बारेमा निरन्तर आवाज उठाउँदै आएका अभियन्ता नविन यादवका अनुसार गत शुक्रबारदेखि २४सैं घण्डा सरकारलाई दबाब दिने उद्देश्यअनुरुप डिजिटल रिले अनशन जारी राखिएको छ।

बंगलादेशमा रहेर चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले सरकारलाई तत्काल उद्दार गर्न र आफूहरुको रिले अनसनलाई गम्भीरतापूर्वक लिन अनुरोध गरेका छन्।