महेश बस्नेतको विरोध गर्नेहरु धरापमा पर्ने नेता बमको चेतावनी



काठमाडौँ। राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य वकिल बमले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरिएको भन्ने विषयमा सांसद महेश बस्नेतलाई नजोड्न आग्रह गरेका छन्।

नेकपा कालिकोटका सचिवालय सदस्यसमेत रहेका नेता बमले नेकपाका केस तथा सांसद बस्नेतलाई सांसद अपहरण जस्तो अपराधिक मुद्धामा बिना कारण जोडेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार सामाजिक सञ्जाल फेशबुक मार्फत सांसद बस्नेतालाई देशभरीका युवाहरुको भरोसाका रुपमा प्रस्तुत गरेका छन्। उनले लेखेका छन्, ‘देशभरिका युवाहरुको आसा र भरोसा हुन् क.महेश बस्नेत। पार्टी संकटमा पर्दा सतिसालझैं उभिने योद्दा हुन् महेश बस्नेत। युवाहरुको केन्द्र र यो राज्यको भोलिको भविष्य हुन् महेश बस्नेत।’

उनले अगाडि लेखेका छन्, ‘महेश बस्नेतको भविष्य र पपुलारिटी देखेर डाहा गर्ने, आफूलाई कम्युनिष्ट भन्ने जनक बर्तौलाले आफ्नो हैसियत र बिगत हेर्नुपर्छ। महेश बस्नेतमाथि आरोप लगाउनुको कुनै तुक छैन। अपहरणकारी मानसिकताबाट हुर्केको हुँदा तिमीलाई त्यो लाग्न सक्छ। तर, महेश बस्नेत सिङ्गो वामपन्थि आदोलनको नेतृत्व लिन सक्ने कर्मठ नेता हुन्। हिजो जनतालाई दुःखदिए खान पल्केकाहरुले महेश बस्नेतमाथि आरोप लगाउनु आश्चर्य जनक छ।’

उनी लेख्छन्, ‘समस्या छ भने आउ म जस्ता हजारौं युवा तिमीहरुसँग बसेर समस्या हल गरौंला। निराधार आरोप लगाउने काम बन्द गर। क. महेश बस्नेत यो देशका उज्ज्वल नक्षत्र हुन्। लाखौं युवाका ढुकढुकी हुन्। यो कुरालाइै बुजेर अगाडि बढ। तिम्रो कल्याण छ, अन्यथा निर्दोश मान्छेमाथि लगाएको आरोपको सिकार तिमी आफै हुनु पर्ला। चेतना होस् बर्तौला जि।’