भारत र चीनका विरुद्धमा एकजुट भएर लडौं: गगन थापा (भिडियोसहित)



काठमाडौँ। गगन कुमार थापाले नेपाली कांग्रेस र नेपाली जनता भारतको दादागिरी र चीनको न्यानो सहयोगका विरुद्ध लड्नुपर्ने समय आएको बताएका छन्।

आइतबार प्रतिनिधीसभाको बैठककमा भारत र चिनले लिपुलेकलाई ब्यापारिक स्थल बनाउने उद्देश्य नेपाली भूमि प्रयोग गरेको भन्दै नेता थापाले यस्तो बताएका हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको वक्तव्यमाथि प्रश्न गर्दै नेता थापाले चीन र भारतका विरुद्धमा लड्न कांग्रेस र नेपाली जनताले कुन सहयोग गर्नुपर्छ ? त्यो थाह दिन सरकारलाई आग्रह गरे।

उनले भने, ‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिपुलेक क्षेत्रको भ्रमण गरको भन्दै त्यो तीर्थ यात्रा मात्रै थियो? यदी तीर्थयात्रा थिएन भने सरकारलाई के भन्नुभयो र सरकारले के गर्यो? हाम्रो भूमी प्रयोग गर्न दिँदैनौं र एक इन्च पनि तलमाथि भयो नेपाली जनताले छाड्नेवाला छैनन्।’

गत शुक्रबार भारतले कोरोनाको मौका छोपि नेपाली भूमिमा निर्माण गरिएको ७८ किलोमिटर सडकको दिल्लीबाट उद्घाटन गरेपछि नेपालमा भारतका विरुद्धमा आन्दोलन भइरहेका छन्।