काठमाडौँ। भारतीय हस्तक्षेपका विरुद्ध नेपालमा यतिखेर चौतर्फी रुपमा विरोध जारी छ।
भारतीय दादागिरीका विरुद्धमा नेपाल सरकार, विभिन्न राजनीतिक दल, विभिन्न संघ संस्थाहरुले आफ्नो धारणा दिइ रहेका छन्। यसै क्रममा नागरिक अभियन्ताहरुले पनि भारतीय हस्तक्षेपबारे आफ्नो गम्भीर ध्यानाकृष्ट भएको बताएका छन्।
सशस्त्र प्रहरी वलका पूर्व अतिरिक्त महानिरीक्षक (अप्रा) डा.ठाकुर मोहन श्रेष्ठ, त्यस्तै नेपाली सेनाका पूर्व सहायक रथी (अप्रा) डा. प्रेम सिंह वस्न्यात र वरिष्ठ पत्रकार अनिल योगीले संयुक्त प्रेस वक्तव्य सार्वजकि गरेर भारतीय हस्तक्षेपको विरोध जनाएका छन्।
शुक्रबार मात्रै भारतीय सरकारका रक्षामन्त्री रामनाथ सिंहले दिल्लीबाटै भिडियो मार्फत नेपाल-भारतबीचको विवादित भूमिहुँदै चीनको मानसरोवरसम्म पुग्ने सडकको उद्घाटन गरेको थिए।
नागरिक अभियन्ताहरुको अपिल
देशको सार्वभौमीकता, राष्ट्रिय अखण्डता, जमीन संस्कार संस्कृतिहरु प्राण भन्दा प्यारो हुन्छ। देशको सरकारको परिकल्पना जमीन, जनता र सम्पदाहरुको संरक्षण र सम्वध्र्दन हेतु भएका हुन्। कुनै पनि राष्ट्रको सरकारका आधारभूत कतव्र्य यिनै हुन्। विगतदेखी भारत नेपालवीचका विवादका रुपमा रहेका सुल्झाउन बाँकी रहेका बिवादित भूभागमा भारतले एकपक्षीय ढंगवाट सडक निर्माण र औपचारिक रुपमा संचालन गर्नु भनेको नाङ्गो हस्तक्षप हो।
स्वतन्त्र राष्ट्रको नागरिकका दृष्टीकोणहरुवाट हेर्दा गलत र पाच्य नहुने गल्ती हो। यो बिषयमा हाम्रो गम्भीर ध्यान आकृष्ट भएकोछ। हरेक सच्चा नेपालीहरुले यसको बिरोध गर्नुपर्छ र दुई देशको सम्बन्धलाई बिगृन दिनु हुँदैन भन्ने हाम्रो धारणा रहेको छ। विश्व शक्तिका हैसयितका वृहत भारत र चीनकावीचमा सामरिक महत्व समेत रहेको र दक्षीण एशियामा ऐतिहासिक स्वतन्त्र देश नेपालको अस्मीता र सावभौमिकतालाई कमजोर बनाउने कसैको कार्यलाई नेपालिले सहन सक्दैनन्। दुई पक्षीय र त्रीपक्षीय सरोकारका विषय वस्तुमा समेत नेपालको हक हीतमाथि वेवास्था हुनु असल छिमेकी राष्ट्रहरुको कमजोर सदासयता सावित भएको छ।
यसले विश्व तथा संयुक्त राष्ट्र संघ समक्ष ठुला राष्ट्र र साना राष्ट्रको सार्वभौमिकता र मानवता सानो ठूलो हुने कुरा पेचीलो प्रश्न अवश्य उठाएको छ। यसको गहन विश्लेषण र न्यायोचित कदम उठुने आशा गरिन्छ। नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताका विरुद्धको भारतीय पक्षको ठाडो हस्तक्षेप र अतिक्रमणको कडा विरोध तथा भत्र्सना गर्दछौं।
संक्षेपमा, देशका सीमा सुरक्षीत गर्न नसक्ने सरकार सत्तामा वसरिहनु भनेको थप देशद्रोह गर्नु हो। देशलाई प्रयोगशाला वनाउदै प्रजातन्त्र, लोकतन्त्र र संघीयता आदि बिषय यस्तै बिकराल अबस्था ल्याउनका लागि गरिएका हुन् भन्ने कुरामा आम नेपाली सचेत हुनुपर्छ। वाह्य शक्तिका षडयन्त्र र योजनाका गोटी वन्दै आएका दलाल र देशद्रोही नेतृत्वको नेपाली नागरिकहरुले पहिचान गर्ने समय आएकोछ। यध्यपी सरकारले नेपालको पक्षमा उभिएर यथासम्भव कुटनैतिक पहल कदमिका माध्यमद्धारा आपसी समझदारीका आधारमा निकाश दिनु उत्तम हुनेछ।
नेपाली नागरिकको हैसियतले यस्ता गैह्जिम्मेवारी हेपहा प्रवृति तथा नेपाल सरकारको मौनता र लाचारि प्रति खेद प्रकट गर्दछौं। कुनै पनि वहानावाजीमा हाम्रो भुगोल माथी गरिएको हस्तक्षपलाई हामिले सहन हुँदैन र विचलीत नभै हाम्रो देशको भुभाग रक्षाका लागि आम नेपालिले आवाज बुलन्द गर्न समेत हार्दिक अपिल गर्दछौं।
डा.ठाकुर मोहन श्रेष्ठ डा. प्रेम सिंह वस्न्यात अनिल योगी
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (अप्रा) सहायक रथी (अप्रा) पत्रकार
९८११३८१७७ ९८५११०१५०८२ ९८५१०१५०८२