भारतीय हस्तक्षेपविरुद्ध अन्तीम पटक जेहाद छेड्नुपर्छ: नेता कार्की



काठमाडौँ। प्रतिवन्धीत नेपाल कम्युनिष्ट पार्टीका नेता नरबहादुर कार्कीले भारतीय हस्तक्षेपका विरुद्धमा अन्तीम पटक जेहाद छेड्न तयार हुनुपर्ने बताएका छन्।

उनले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा सैन्य शक्तिले टक्कर दिन नसक्ने देशको सार्वभौमिकता भनेको दमितले लेख्ने दुःखी कविताका रुपमा टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘दुनियाँले बिचरा भन्छ। दम भएको देश र जनता आफ्नै पुस्तामा जवाफ दिन एकीकृत हुन्छन्। १० वर्षमा सम्भवछ।’

उनले अगाडि भने,‘सरकारको कुटनीतिक समाधान कहाँ नेर पुगेको छ? कि एमआइ १६ हेलिकप्टर चढने रहर अझ पुगेको छैन? एक पटक आँखामा छारो हाल्न दार्चुला गए भो त फेरी। यो कुरा सरकारलाई थाहा छ। थाहा भएर पनि उसले केही गर्न सक्दैन, भन्ने पनि थाहा छ। र यो पनि थाहा छ, कि सिमा अतिक्रमणको बिरोध गर्नेहरुलाई प्रतिवन्ध लाउने कुरामा उसैसँग सल्लाह गर्छन्, पनि थाहाछ।’

उनले अगाडि भनेका छन्, ‘महाकाली कसले बेचेर खाए ? त्यो सबैलाई थाहा छ। सुस्ता र काला पानीको अतिक्रमणसँग पद साटनेहरु पनि थाहा छ। यो सबै कुरा थाहा भएर पनि अब मौन बस्नु हुँदैन, नेपाली युवाहरुले सदाको निम्ति एकपटक अन्तिम संघर्ष गर्नुको बिकल्प छैन। नेपाली सेना र सबै देशभक्त नेपाली स्वाधिनताको निर्मम अभियानमा अगाडि बढनुको बिकल्प छैन।’