भारतीय दुतावास अगाडिबाट अनेरास्ववियूका नेताहरु पक्राउ



काठमाडौँ। भारतले एकतर्फी रुपमा नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा अनेरास्ववियूका नेताहरुले भारतीय दूतावास लैनचौरमा प्रदर्शन गरेका छन्।

विद्यार्थी नेताहरुले भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्डसहित प्रर्दशन गर्ने क्रममा पक्राउ परेका छन्। प्रदर्शनमा सहभागी केही विद्यार्थी नेताहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुली, केन्द्रीय सदस्यहरू यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाई लगायत २ दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ परेका अनेरास्ववियूले कर्णाली सन्देशलाई जानकारी दिएको छ।